दिलिप हत्याको आरोपमा ३ जना जेल चलान


२ फागुन, काठमाडौं । धनुषाका दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पुर्पक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ । ३ जना आरोपीलाई भने धरौटीमा रिहा गरेको छ ।

धनुषा जिल्ला आदलतको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि जेल चलान गरिएको हो ।

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो प्रति २५ हजार रुपैया धरौटी बुझाएर साधारण तारेखमा रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार