प्रहरी जवानले गरे आफै माथी फाइरिङ


२ फागुन, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । 

गाेली लागेर प्रहरी जवान चन्द्रकिशाेर राय घाइते भएका छन ।

बिहान साढे सात बजेतिर ड्युटीमा रहेको बेला आफैले बोकेको बन्दुक आफ्नै पेटमा हान्दा गोली लागेर राय घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएकाे छ ।

घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार