अपडेट: कुवेतमा ढिस्कोले पुरिएर मृत्यु हुने नेपालीकाे संख्या ६ पुग्याे


२ फागुन, काठमाडौं । कुवेतमा ढिस्कोले पुरिएर मृत्यु हुने नेपालीकाे संख्या ६ पुगेकाे छ ।

ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् ।

ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।   

बालुवाकाे ढिस्काेले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतकाे जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।   

निर्माणस्थलमा पुरिएर कुवेतमा चार जना नेपालीको ज्यान गयाे

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार