शोक प्रस्ताव पारित गरेर भोलिसम्मका लागि संसद बैठक स्थगित


२ फागुन, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर शनिबारसम्मका लागि स्थगित गरिएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले शनिबार बिहान ११ बजे पुन: बैठक बस्ने जानकारी दिए।

प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पनि सरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि (शनिबार) बिहान ११ बजेका लागि बोलाइएको छ ।  सोही बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार