ललिता निवास जग्गा प्रकरण: अख्तियारसँग लिखित जवाफ माग


२ फागुन, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।

प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको एकल इजलासले निवेदनको माग बमोजिम आदेश जारी हुनु किन नपर्ने हो ? त्यसको कारण १५ दिनभित्र पेश गर्न विपक्षीहरुलाई आदेश दिएको हो।

इजलासले रिटलाई अग्राधिकार दिनसमेत आदेश दिएको छ।

तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार