पाँचथरे खोलामा लडेर एक जनाको मृत्यु


२ फागुन, काठमाडौं । मोरङको लेटाङ नगरपालिका-१ धोबिघाटका ६४ बर्षीय बल बहादुर लामिछाने मगरको लडेर मृत्यु भएको छ ।

मगर आज बिहान राती ४ बजेको समयमा पाँचथरे खोलामा लडेर मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मगरलाई खोलाको डिलमा मृत फेला पारेको थियो ।

मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार