२६ औं क्यान इन्फोटेक–२०२० मेला काठमाडौंमा सुरु


२ फागुन, काठमाडौं । २६ औं संस्करणको क्यान इन्फोटेक–२०२०’ मेला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघको आयोजनामा फागुन ७ गतेसम्म चल्ने सूचनाप्रविधि सम्बन्धी प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेलाको सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । बास्कोटाले सूचना प्रविधीको सहि प्रयोग नगर्दा अपराध हुने खतरा रहेको बताए । डिजिटल क्षेत्रको पारदर्शिता, सुशासन र नियमनका लागि सूचना प्रविधि विधेयक ल्याइएको पनि उनले बताए ।

यस पटकको इन्फोटेकमा प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रर्वद्धन गर्ने योजना अनुसार इन्नोभेशन एक्सपोजरहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिष्पर्धा र जुनियर इन्नोभेटरको प्रर्दशनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिष्पर्धा पनि आयोजकले जनाएको छ । इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्वेयर, नेटवर्किङ सेल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्र्भटर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिजहरु राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार