सभामुख सापकोटा र चेक गणतन्त्रका राजदूतबीच शिष्टाचार भेट


२ फागुन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाबीच शिष्टाचार भेट भएको छ ।

शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।

त्यस्तै भेटमा राजदूत मिलान होभोर्काले सभामुख सापकोटालाई सफल कार्यकालको शुभकामना पनि दिएका थिए ।

सभामुख सापकोटाले चेक गणतन्त्र र नेपालबीचको सम्बन्ध सुमधुर पार्दै अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार