खोकना महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा, तीन दिने महोत्सव सञ्चालन हुने


२ फागुन, काठमाडौं । आगामी फागुन ९ गतेदेखि हुने ललितपुरको खोकनामा हुने खोकना महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी छ ।

खोकना पर्यटन महोत्सव २०७६ मूल आयोजक कमिटिले शुक्रबार काठमाडौ पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर ललितपुर महानगरपालिका र २१ नम्बर वडाको सहयोगमा आगामी फागुन ९ गतेदेखि ११ गतेसम्म तीन दिने खोकना महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ ।

संस्कृति र सम्पदाले भरिपूर्ण पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण ऐहिासिक खोकना गाँउमा धेरै भन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरुलाई खोकनामा आकर्षित गर्नका लागि र भ्रमण वर्षलाई सहयोग पु¥याउनका लागि पनि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस वर्षको महोत्सव विगतको महोत्सव भन्दा फरकर पृथक हुने आयोजक कमिटिका संयोजक रविन्द्र महर्जनले जानकारी दिए । ललितपुर महानगरबाट बाह्र लाख पचास हजार रुपैया, प्रदेश सरकारबाट दुई लाख पचास हजार रुपैया र २१ वडाबाट पाँच लाख रुपैया गरी करिब बीस लाख रुपैयामा महोत्सव सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

तीन दिनसम्म चल्ने महोत्सवमा आउने पाहुनालाई खोकनाको प्राचिन एवंम मौलिक संस्कृति, सम्पदा, नेवारी खाना तथा खाजाका परिकारहरु, स्थानीय जीवन शैली, रहनसहन र भेषभुषाका अतिरिक्त स्थानीय सीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने संयोजक महर्जनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार