बलात्कार प्रयास मुद्दामा महराले सफाइ पाए


५ फागुन, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको छ ।

महरालाई अहिले डिल्लीबजार कारागारतर्फ लगिएको छ । पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार