कारागारबाट छुटे महरा


५ फागुन, काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागारबाट छुटेका छन्।

जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् । 

संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको थियो। 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार