बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा फुयाँलले शपथ लिदै


५ फागुन, हेटौंडा । बागमती प्रदेशमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँललाई नियुक्त गरिएसँगै अहिले केहिबेरमा शपथ ग्रहण गर्न लागिएको छ।

यसअघि नै मन्त्री बन्ने चर्चामा रहेका फुयाँलको माघ २९ गते शपथ हुने भनिए पनि आन्तरिक समस्याका कारण रोकिएको थियो ।

शपथ ग्रहण पाँच बजे हुने बताइएको छ। मन्त्री फुयाँलको शपथग्रहणका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको र सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार