भगवान भण्डारी र निर्मला भण्डारीकाे कम व्याक ‘रेशमैको फरिया’


९ साउन । चर्चित गीत खैरेनीमा गेटका गायक  भगवान भण्डारी र उनकाे  श्रीमती निर्मला भण्डारी लामो समयपछि  नयाँ गीतमार्फत दर्शकस्रोता समक्ष प्रस्तुत भएका छन्।

करिब दुई दशकभन्दा लामो समय लोक गीतसंगीतमा समय बिताएका भण्डारीको जोडीले तीजको मौका छोपेर नयाँ गीत लिएर लिएर आएका छन ।

परिवारसहित अमेरिका बस्दै आएका गायक भण्डारीको लय तथा शब्द संकलनमा तयार भएको गीत ‘रेशमैको फरिया’मा  निर्मला भण्डारीको स्वर सुन्न सकिन्छ।

उक्त गीतको भिडियोमा भने गायिका निर्मला भण्डारीसँगै नायिका रेजिना उप्रेतीले कम्मर मर्काएका छन्।

पुराना संगीतकार जुजु गुरूङको संगीत संयोजन रहेको उक्त गीतको भिडियो प्रकाश भट्टको निर्देशनमा तयार भएको हो । राजेश घिमिरेले भिडियो खिचेका हुन्। मौलिक शब्द र संगीतमा तयार भएको उक्त गीतको भिडियो मंगलबार ‘भगवान भण्डारी’ काे युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

‘खैरेनीमा गेट’, ‘फूलमा भमरा’, ‘इराकको घटना’, ‘डाली लर्कायो’ ‘गयौ धोका दिएर’, ‘वनमा काँडा छ’, ‘दिलको ढोका वन’, ‘बिग्रियो चाल पनि’, ‘स्याङ्जा बजार’, ‘आइनन् फर्केर’, ‘बाबा–आमा’लगायतका चर्चित गीतका सर्जक एवम् गायक भण्डारीले विदेशमा रहे पनि नेपाली मौलिक लोक संस्कृतिलाई दर्शकस्रोतमाझ पस्किँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार