फागुन १६ गतेदेखि अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७६ हुने


८ फागुन, काठमाडौं ।  आगामी फागुन १६ गतेदेखि दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७६ हुने भएको छ ।

बिहिबार एभरेस्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंमा पत्रकार सम्मेलन गरी यही फागुन १६ देखि २५ गतेसम्म काठमाडौं, ललितपुर र पोखराका पर्यटकीय क्षेत्रमा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने नारासहित मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने विश्वास गरिएको बताए ।

मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्टलगायत मुलुकका २ सय ५० भन्दा बढी सांस्कृतिक कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै मेलाका लागि सम्पूर्ण पूर्व तयारी पनि पूरा भएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर कलाकारहरुले आफ्नो संस्कृति झल्कने भेषभुषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ आफ्नो देशको लोक गीत,सगीत र लोक नृत्य प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार