स्वीस दूतावासकाे विज्ञप्ती: मन्त्री बाँस्कोटा र एजेन्टसँग हाम्रो कुनै सम्बन्ध छैन


८ फागुन, काठमाडौं । सरकारले ल्याउन लागेको ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको बिषयमा आफ्नौ कुनै संलग्नता नभएको नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले स्पष्टीकरण दिएको छ ।

दूतावासले सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता रहेको प्रष्ट पारेको छ।

स्वीस कम्पनीका स्थानीय एजेन्ट भनिएका व्यक्तिसँग दूतावासको कुनै सम्पर्क नरहेको र उक्त व्यक्तको बारेमा कुनै जानकारी पनि नरहेको विज्ञप्तिमा भनिएको छ।

मन्त्री बास्कोटाले अडियो बाहिरिएपछि पदबाट राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार