फिफा बरियतामा नेपाल एक स्थान तल


९ साउन, काठमाडौं । विश्व फुटबल बरियतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व बरियतामा नेपाल एक स्थान तल झरेको हो । यसअघि नेपाल १६५औं स्थानमा थियो ।

यता, भारत भने दुई स्थान तल झर्दै १०३औं स्थानमा पुगेको छ । माल्दिभ्स पनि एक स्थान तल झर्दै १५२औं स्थानमा छ । बंगलादेशले भने एक स्थान सुधार गर्दै १८२औं स्थानमा उक्लिएको छ । भुटान १८६औं स्थानमा यथावत रहंदा श्रीलंका र पाकिस्तानले समान १-१ स्थानमा सुधार गर्दै २००औं र २०४औं स्थानमा छन् ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम यथावत रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा भने ब्राजिल उक्लिएको छ । विश्वविजेता फ्रान्स भने तेस्रो स्थानमा झरेको छ ।

सम्बन्धित समाचार