अष्ट्रेलियाबाट फर्केका राकेश बाख्रापालनमा, लगानी एक बर्षमै डबल

शेयर गर्नुहोस
अष्ट्रेलियाबाट फर्केका राकेश बाख्रापालनमा, लगानी एक बर्षमै डबल
                                                           - शितल तामाङ

भौतिक सुख सुबिधाको जोड घटाउमा लाग्ने हो भने दुखै दुखको कालापहाड बैतडीभन्दा सात समुद्र पारीको अष्ट्रेलिया उच्चकोटीको होला । विदेशको भिषा नलागेपछि दिनदिनै नुनिलो आँशु घुटुक्क निल्दै एम्बेस्सीबाट बाहिरिनेको संख्या दिनदिनै बढिरहेको छ, जसरी भिषा जितेपछि विदेश पस्नेको संख्या दिनदिनै बढिरहन्छ ।

तर यही भिडमा निस्किए, राकेश विष्ट । जो सातौँ बर्षको अष्ट्रेलिया बसाईं र धेरै युवा पुस्ताले भन्ठानेको करियर चटक्कै भुलेर नेपाल फर्किए, आफै खाइखेली हुर्किएको ठाउँमा केही गर्छु भन्ने अठोटसहित । अष्ट्रेलियामा हुँदा अनेकथरी काम गरेका विष्टलाई यति मेहनत गरेपछि नेपालमै पनि केही गर्न सकिन्छ र त्यति पैसा कमाउन सकिन्छ भन्ने विश्वास थियो । हुन पनि अहिले उनको विश्वासले आकार लिएको छ र बैतडीकै दशरथ चन्द नगरपालिकामा गरिरहेको बाख्रापालनबाट प्रसस्त आम्दानी पनि भइरहेको छ ।

विष्टलाई थाहा छ, कुनै पनि व्यवसाय सुरु गर्नुभन्दा पहिला त्यसको बारेमा राम्रो संग अध्ययन गर्नुपर्छ । त्यसैले बाख्रापालन सम्बन्धी गहिरो अध्ययन गरेपछि विष्टले बाख्रा पाल्न सुरु गरे । उनको बाख्रापालन व्यवासाय अहिले चौँथो वर्षमा चलिरहेको छ । उनले पालेको खरी जातको बाख्राले सालमा दुई चोटी ब्याउँछ । सामान्यतया एउटा माउले एकपल्टमा दुइवटा पाठा अथवा पाठी ब्याउँछ एउटा माउलाई गरेको लगानी एक बर्षमै डबल हुन्छ ।

त्यसो त अहिले नेपाल सरकारले कृषिजन्य पेशामा लागेका उद्यमीलाई उत्साहित गराउनका लागि बिभिन्न किसिमका बीमा गराउने ब्यबस्था गरिदिएको छ । पशु बीमा, बाली बीमा जस्ता बीमा जसको कारणले गर्दा कृषि ब्यबसाय सुरक्षित ब्यबसाय बन्दै गैरहेको छ । र सबैभन्दा सजिलो कुरो यो पेशा गर्न औपचारिक अध्ययनको जरुरत पर्दैन । तर केही सिप र व्यवारिक ज्ञान भने जरुरत छ । ‘‘आफ्नै घरको सबै सदस्यले मिलिजुली काम गर्न सकिने भएकोले पनि ब्यबसायिक रुपमा कृषिलाई अंगाल्न सजिलो हुन्छ’’ विष्ट भन्छन् ।

बाख्रालाई लागि लगाइने खोप र बाख्राको स्वास्थ्य सुरक्षा तथा स्याहारबारे पनि विष्ट सचेत छन् । त्यसका लागि उनले एकजना कृषि जेटिएको साहरा लिएका छन् । साथमा एकजना सहयोगी पनि छन्, उनले बाखाको दानापानी र स्याहारसुसार गर्ने कुरामा विष्टलाई भरथेग गर्छन् । विष्ट भन्छन्, परिवर्तन संभव छ तर त्यसका लागि खट्नुपर्छ ।

विष्टको जाँगर बाख्रापालनमा मात्रै सिमित छैन, संगसंगै उनले अर्गा्निक तरकारी खेति पनि गरेका छन्। सुदुर पश्चिममै पहिलो पटक ५१ लाख बराबरको नेचुरल्ली भेन्डीलेटेड पोली निर्माण गरेर तरकारी खेतिगरेका छन् । थोपा सिचाईलाई प्रयोग गरेको यो प्राबिधिक कृषि पद्दतिमा ६०५ अनुदान नेपाल सरकारको रहेको छ । आफु मात्र कृषि व्यवसायमा लागेर केहि परिवर्तन नहुने धारणा छ राकेश बिष्टको । त्यसैले उनले बैतडीमा रहेका युवालाई कृषिमै केहि गर्न पर्छ भनेर हौसला दिंदै आफुले जानेका सिप सिकाउँदै पुरै गाउँलाई नै कृषिमा सक्षम बनाउन लागि परेका छन् उनले गाउँमा पुराना तौरतरिकाले कृषि पेशा अंगाली रहेका हरुलाई आधुनिक कृषि प्रणालीको बारेमा चेतना जगाउन पर्छ भनेर बिभिन्न कार्यक्रमहरु पनि गर्दै आइ रहेका छन् र नेचुरल्ली भेन्डीलेटेड पोली बनाएर सहयोग गर्दै यो खेति प्रणालीको बारेमा त्यहाँका स्थानीयलाई जानकारी दिंदै आधुनिक कृषि प्रणालीमा युवालाई अघि बढ्न प्रेरणा समेत दिंदै आइ रहेका छन् ।

नेपाली युवाले चाहेको खण्डमा आफ्नै भूमिमा पसिना बगाइ घर परिवार संगै बसेर राम्रो पैसा कमाउन अकिन्छ भन्ने उदाहरण हुन् राकेश बिष्ट। नेपाली युवा हरुलाई उनको सुझाब ( लगनशीलता ,तत्परता र धैर्यता भयो भने नेपालमै कृषि ब्यबसाय गरेर बिदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ त्यसका लागि राज्यले दिने अनुदान, ऋण र कृषि सम्बन्धि बिबिध कार्यक्रमको बारेमा जानकार रहेर, बिभिन्न संघ संस्थाहरू संग जोडिएर काम गर्ने, गहिरो अध्यन गरेर तदारुकता र जागरुकताका साथ् यो पेशालाई अंगाल्न सकेको खण्डमा कसैले पनि कहिल्यै कृषिमा निराश हुनु नपर्ने बताउंछन् राकेश बिष्ट ।

अष्ट्रेलियामा धेरैउच्च शिक्षा अध्ययनका लागि नेपाली युवाहरु जाने गरेका छन्। तथ्यांक हेर्ने हो भने यो वर्ष पनि अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइमा परेको देखिन्छ । चालु २०७४ साउन २ गतेदेखि २०७५ जेठ ४ गतेसम्मको विवरणअनुसार अष्ट्रेलिया जान ३२ हजार २३६ ले स्वीकृतिपत्र लिएका छन् । यो अवस्थामा अष्ट्रेलियाबाट नेपालमा फर्कने निर्णय आफैमा एक चुनौतिपूर्ण थियो विष्टका लागि । तर अहिले उनले त्यो चुनौतिको पहाड तोडिसेका छन् र गाउँमै केही गर्ने सपनालाई सम्याइरहेका छन् ।

Mero Nepal Rakesh Bista

Gepostet von Radio Kathmandu 92.1 am Samstag, 12. Mai 2018