जो सगरमाथाकाे चुचुरोमा बिना कपडा उभिए

शेयर गर्नुहोस
जो सगरमाथाकाे चुचुरोमा बिना कपडा उभिए


३० पुस ।  विश्वको सर्वोच शिखर सगरमाथाको चुचुरोमा १५ पटक पाईला राखीसकेका जम्बु शेर्पा अब १६ औं पटक सगरमाथा आरोहण गर्न जादैछन् ।

सोलुखुम्बुमा नै जन्मेका जम्बु शेर्पा उनी सगरमाथाको काखैमा खेले बढे र हुर्के । उनको बुबा पनि यसै क्षेत्रमाकाम गरेकाले सानै देखि नै उनको रुची बढ्यो ।

बुबाले हिमाल चढ्दा प्रयोग हुने साम्रगी उनी घरमा राख्दा उनी त्यसलाई खेलौना बनाएर खेल्ने गर्दथे र पछि उनले आरोहण सम्बन्धी धेरै तालीम पनि लिए। स-सना हिमालहरु थुप्रै पटक चढिसकेका शेर्पाले २००३ मा पहिलो पटक सगरमाथा चढेका थिए ।

तर उनले अन्य हिमाल भने धेरै पटक आरोहण गरीसकेका छन् । उनले २००७ मे १७ का दिन सगरमाथाको चुचुरोमा बिना कपडा ४ मिनेट ४० सेकेण्ड बसे ।

उनी सगरमाथा चढ्न जादा एक बिदेशी नागरिकले बिना कपडा बसेर र्कितिमान राख्न लागेको थाह पाए र उनले हाम्रो देशको हिमालमा अरु कसैले कुनै र्कितिमान राख्न लागेको थाह पाएपछि उक्त र्कितिमान किन हामी नेपालीको नाममा नहुने भनेर उनेले पहिले नै सगरमाथाको चुचुरो बिना कपडा र बसेका थिए ।

उनले उक्त समयमा सबै भन्दा पहिले आफ्नो देश नेपालको झण्डा फरफराए । नेपालमा पर्यटकिय सम्भावना अति नै धेरै रहेकाले नेपालको युवा जनशक्त्ती देशमा नै परिचालन गरेमा नेपालका युवाहरु बैदेशिक रोजगारीको लागी बिदेशी भूमी जान नपर्ने उनले बताए र सम्बन्धित निकाएले यस सम्बन्धि ध्यान दिन पनि उनले बिशेष आग्रह गरे ।

देशमा आउने पर्यटकहरुलाई हामीले हाम्रो देश नेपालको बारेमा राम्रो सन्देश दिन सकेमा उसको प्रभाव उसको देशको अन्य नागरिकोमा पनि पर्न जाने भएकाले सबैले ध्यान दिनको लागी पनि उनले आग्रह गरे । १५ पटक सम्म सगरमाथा चढ्दा उनले धेरै बाधा , कष्ट भोगे तर अहिले भने ति सबै सामान्य लाग्छ भन्दै उनी अब १६ औं पटक चढ्न जादै छन् ।

Gepostet von Radio Kathmandu 92.1 am Freitag, 11. Januar 2019

जम्बु शेर्पा संग गरिएकाे कुराकानि