४५ दिनसम्म लगातार पब्जी खेल्दा युवकको मृत्यु

शेयर गर्नुहोस
४५ दिनसम्म लगातार पब्जी खेल्दा युवकको मृत्यु

एजेन्सी, भारत । भारतका केही सहरमा पब्जी गेमलाई प्रतिबन्धित गरिएको छ भने गुजराँतमा यो गेम खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको छ । भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको छ ।

भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो ।

गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित एक अस्पतालमा लगियो । उपचारकै क्रममा त्यहाँ उनको मृत्यु भयो ।

निकै लामो समयसम्म लगातार मोबाइलमा पब्जी गेम खेल्नाले ती युवकको गर्धन तथा घाँटीका मांशपेशीमा गम्भीर क्षति पुगेको थियो । जसका कारण उनले ज्यान गुमाउनु पर्‍याे ।

यद्यपि विज्ञहरुले चाहीँ केवल मोबाइल गेमका कारण मांशपेशीमा समस्या उत्पन्न हुँदा ज्यानै गएको भन्न नसकिने र उनमा अरु नै स्वास्थ्य समस्या पनि रहेको हुनसक्ने बताएका छन् । उनको उपचार गरेका एकजना डाक्टरले चाहीँ ती युवकमा संक्रमण समेत देखिएको र सोही संक्रमणका कारण ज्यान गएको बताएका छन् ।