भारतमा हट्याे टिक टककमा लगाइएकाे प्रतिबन्ध

शेयर गर्नुहोस
भारतमा हट्याे टिक टककमा लगाइएकाे प्रतिबन्ध

१२ वैशाख, काठमाडौं । भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । अदालतले बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो ।

भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३.५ करोड रुपैयाँ घाटा भइरहेको थियो ।

कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले उसलाई ठूला धक्का लागेको थियो ।

सअघि मद्रास उच्च अदालतले नै अश्लीलता फैलाएको भन्दै टिक टकमाथि रोक लगाएको थियो । त्यसपछि सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिक टक हटाउन अनुरोध गर्‍यो । सो बमोजिम गुगल र एप्पलले टिक टक हटाएका थिए । त्यसैले भारतमा नयाँ प्रयोगकर्ताले टिक टक डाउनलाडेड गर्न नसक्ने अवस्था थियो । पहिल्यै डाउनलोड गरेकाहरुले भने प्रयोग गर्न प्रतिवन्ध थिएन ।

अदालतको आदेशपछि बाइटडान्सले पुनरावेदन गर्‍यो । साथै सर्वोच्च अदालतमा पनि उसले पुनरावेदन गरेको थियो । सर्वोच्चले यो विषयलाई मद्रास अदालतमै पठाइदियो । मद्रास अदालतले पुनरावेदनको सुनवाई गर्दै आफ्नो आदेश उल्टाएको हो ।