फेसबुकमा ५० बर्ष पछि जिवित भन्दा मरेकाहरुको एकाउन्ट धेरै हुने दावी

शेयर गर्नुहोस
फेसबुकमा ५० बर्ष पछि जिवित भन्दा मरेकाहरुको एकाउन्ट धेरै हुने दावी

१९ वैशाख, एजेन्सी । अक्सफोर्ड इन्टरनेट इन्स्च्युटका शाेधकर्ताकाहरूले अबको ५० वर्षपछि फेसबुकमा जिवित भन्दा मरेकाहरुको अकाउन्ट बढी हुने दावी गरेकाे छ ।

२०१८ मा प्रयोगकर्ताहरुको स्तरलाई आधार मान्दा सन् २१०० मा १.४ अर्ब फेसबुक प्रयोगकर्ताको मृत्यु हुने हुँदा सन् २०७० सम्ममा मृतकहरुकाे फेसबुक अकाउन्टको सङ्ख्यामा जिवित मानिसहरुकाे भन्दा धेरै हुने अनुसन्धानकर्ताहरुले दावी गरेका हुन ।

प्रमुख अनुसन्धानकर्ता कार्ल ओह्मन भन्छन्, “यसरी यी तथ्याङ्कहरुले मृत प्रयोगकर्ताहरुका डाटामा कसको अधिकार हुनेछ भन्ने नयाँ र जटिल प्रश्न खडा गरेको छ । त्यस्तै मृतकका परिवार र साथीभाइलाई ध्यानमा राख्दै उनीहरुको हितमा त्यस्ता अकाउन्टहरु कसरी व्यवस्थित गर्ने भन्नेमा पनि विवाद उठ्नेछ भने भविष्यका इतिहासविद्हरुले विगतलाई बुझ्न ती डाटाहरुको प्रयोग गर्न पाउने नपाउने बारे पनि कुरा भइरहेको छ ।”

यसअघिको इतिहासमा कहिल्यै पनि यति ठूलो सङ्ख्यामा मानव व्यवहार र संस्कृति सम्बन्धी जानकारी यसरी एकैठाउँ संकलित भएका छैनन् । “त्यसैले यिनलाई नियन्त्रण र संरक्षण गर्नु हाम्रो इतिहासलाई नियन्त्रण गर्नु हो,” अर्का अध्ययनकर्ता डोभिड वाट्सन बताउँछन् ।

फेसबुकले पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताइएको छ । केही समय अगाडि मात्र फेसबुकले मृत प्रयोगकर्तालाई जन्मदिनको शुभकामना दिने, पार्टी वा कुनै समारोहमा इन्भाइट गर्ने लगायतलाई रोक्न आफ्नो फिचरमा विभिन्न परिवर्तन ल्याएको थियो ।

यसलाई ‘मेमोरिअलाइज’ भनिन्छ जसमा प्रयोगकर्ताको मृत्यु भइसकेको थाहा भए उनका साथीभाइले सो अप्सन प्रयोग गर्न सक्नेछन् । यसले सो प्रोफाइलमा अरु मानिसहरुलाई लग–इन गर्नबाट बचाउँछ । त्यस्तै फेसबुकले मृतकका परिवारलाई उनीहरुले चाहेमा तिनको प्रोफाइल डिलिट गर्न पनि अनुमति दिने गरेको छ ।