फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान

शेयर गर्नुहोस
फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान

१९ वैशाख, काठमाडौं । सरकारले फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच युएईविरुद्धको एक दिवसीय र टि–२० सिरिजमा बिजेता क्रिकेट खेलाडी, १२ औं सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडी र विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता खेलाडी महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेट टिमका विजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गरे ।

सरकारले सन् २०१६ मा भारतमा सम्पन्न भएको १२ औं साग खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण पदक हात पार्न सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई पनि जनही ३ लाखका दरले पुरस्कार दिएको छ ।

कार्यक्रममा विश्व शारिरीक सुगठनका च्याम्पियन महेश्वर महर्जनलाई पनि ५ लाख नगद प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले नेपालको मान र शान बढाउने खेलाडीहरुलाई सम्मान गर्न पाएकोमा गौरवको अनुभूति भएको प्रतिक्रिया दिए ।