ब्लू क्रसले भित्रायो छिटो भन्दा छिटो बिरामीहरुको रोग पहिचान गर्ने अत्याधुनिक प्रविधि

शेयर गर्नुहोस
ब्लू क्रसले भित्रायो छिटो भन्दा छिटो बिरामीहरुको रोग पहिचान गर्ने अत्याधुनिक प्रविधि

२० वैशाख, काठमाडौं । करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा  योगदान गरिरहेकाे ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ ।

त्यस हस्पिटलले केहि समय अगाडी रोश कम्पनीको ईमुनोलोजि सम्बन्धका सम्पूर्ण परिक्षण गर्ने मेसिन जडान गरी सेवा बिस्तार गरेकोमा हाल पुन BACTEC  प्रविधिबाट AUTOMATED BLOOD CULTURE SYSTEM को समेत संचालन गरी आफ्नो सेवामा पुन एक खुड्किलो माथी चढेको छ ।

यस सेवाबाट छोटो समयमा नै BLOOD CULTURE को विश्वसनिय नतिजा प्राप्त गरी छिटो भन्दा छिटो बिरामीहरुको रोगको पहिचान गरी स्वास्थ्य उपचार गर्न थप लाभ पुग्ने यस हस्पिटलका प्रबन्धक तथा कार्यकारी व्यवस्थापन समितिका सदस्य सती गौतम सिंहले बताएका छन ।

साथै आउने दिनहरुमा समेत बिरामीहरुलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक उपकरणहरुको विस्तार गरिदै जाने समेत उनले जानकारी दिए ।