‘दिलमै फुल्नलाई’ को म्युजिक भिडियाे सार्वजनिक (भिडियाे)

शेयर गर्नुहोस
‘दिलमै फुल्नलाई’ को म्युजिक भिडियाे सार्वजनिक (भिडियाे)

२७ वैशाख, काठमाण्डौ । पछिल्लो समय नेपाली साङ्गितिक क्षेत्रमा नयाँ नयाँ प्रस्तुतिहरु आईरहेका छन् । यसै क्रममा शुभलक्ष्मी तामाङले आफ्नै लयमा मायाप्रेममा आधारित गीति कोसेली “दिलमै फुल्नलाई”को म्युजिक भिडियाे भर्खरै मात्र डिजिटल बजारमा ल्याएकी छिन।

यस गीति एल्बममा धना परियार र कर्साङ तामाङको स्वर रहेको छ भने सर्जक तिलक बोहराको शब्द, बिष्णु तामाङको सङ्गीत संयोजन रहेको छ।

सुनौलो नेपाल म्युजिक प्रा.लि.ले बजार ब्यबस्थापन गरेको यस गीति एल्बमको म्युजिक भिडियोमा प्रेम भारती र लक्ष्मी शाहीको अभिनय, सुशील डाँगीको छयाङ्कन, रुकेश बरालको सम्पादन रहेको छ।

सुनौलो नेपाल म्युजिक प्रा.लि.को आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस म्युजिक भिडियोलाई जेनिथ शर्माले निर्देशन गरेका हुन्।