नेपाली चलचित्र ‘पसिना’ आजदेखि प्रदर्शनमा

शेयर गर्नुहोस
नेपाली चलचित्र ‘पसिना’ आजदेखि प्रदर्शनमा

२७ वैशाख, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ ।

चलचित्र ‘पसिना’ को निर्देशन निर्देशक आर बी खत्री ‘शरद’ ले गरेका हुन् । निर्देशक खत्रीकै कथा रहेको चलचित्रमा शान्ता ढकाल र संजय महतोको लगानी रहेको छ ।

चलचित्रले सकारात्मक कार्यका निम्ति प्रोत्साहन गर्ने निर्देशकको दाबी छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा र धिरज राईको संगीत छ । ‘गराैँ सत्कर्म, बगाउँ पसिना’भन्ने नारा बोकेको चलचित्र ‘पसिना’ समसामयिक कथामा निर्माण गरिएको छ ।

चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र ‘पसिना’ नन स्टप क्रियशनको ब्यानरमा निर्माण गरिएको हो ।