उत्तर कोरियाले गर्‍याे अर्को मिसाइल परीक्षण

शेयर गर्नुहोस
उत्तर कोरियाले गर्‍याे अर्को मिसाइल परीक्षण

२७ वैशाख, एजेन्सी । उत्तर कोरियाले बिहीबार फेरि छोटो दुरीमा प्रहार गर्नसक्ने दुई मिसाइल परीक्षण गरेको छ। उसले एकै साताभित्र गरेको यो दोस्रो मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जानकारी दिएको हो।

उत्तर कोरियाको उत्तर पश्चिमी सहर कुसोङबाट परीक्षण गरिएका मिसाइलमध्ये एउटाले ४ सय २० किलोमिटर र अर्कोले २ सय ७० किलोमिटर पूर्वसम्मको दुरी पार गरेका थिए। समुद्रमा खस्नुअघि दुवै मिसाइल जमिनभन्दा ५० किलोमिटर माथिबाट उडेको दक्षिण कोरियाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले क्षेप्यास्त्र परीक्षण अवलोकन गरेका थिए।

उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत स्टिफन बिगन दक्षिण कोरियाको भ्रमणमा रहेका बेला उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ। उनी दक्षिण कोरियाली आणविक निःशस्त्रीकरण दूत ली डु–हुनसँग वार्ताका लागि सोल आएका छन्।