भारतमा नयाँ शाखा ‘भारतीय प्रान्त’ विस्तार गरेकाे आईएसको दाबी

शेयर गर्नुहोस
भारतमा नयाँ शाखा ‘भारतीय प्रान्त’ विस्तार गरेकाे आईएसको दाबी

२९ वैशाख, एजेन्सी। आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतको जम्मू–कश्मीरमा आफ्नो नयाँ शाखा विस्तार गरेकाे दाबी गरेको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप पछि आईएसले यस्तो घोषणा गरेको हो ।

‘आईएसले नयाँ शाखाको नाम विलायाह अफ हिन्द (भारतीय प्रान्त) राखेको छ,’ खतरनाक आतंकवादी समूहको समाचार संस्था ‘अमाक’ लाई उद्धृत गर्दै समाचार संस्था पीटीआईले बताएको छ ।

जम्मू–कश्मिरका एक वरिष्ठ पुलिस अधिकारीले भने आईएसको दाबीको खण्डन गरेका छन् ।

इस्लामिक चरमपन्थी समूहमाथि नजर राख्ने एसआईटीई इन्टेल ग्रुपकी निर्देशक रीता काट्जले भने, ‘आईएसआईएसले अमशिपुरामा भारतीय बलसँग झडपको दाबी गर्दै आफ्नो नयाँ हिन्द प्रान्त घोषणा गरेको छ ।’

गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडपमा एक जना आतंकवादीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए ।