देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान

शेयर गर्नुहोस
देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान

३० वैशाख, काठमाडौं ।  आइतबारदेखि मुलुकका विभिन्न भागको मौसममा बदली भएको छ ।

सोमबार  पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ । पश्चिम र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मध्य तथा पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ । “पूर्वी तराईमा मध्यान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । तर ठूलो हावाहुरीको सम्भावना भने देखिएको छैन, त्यसैले डराउनुपर्ने अवस्था छैन,” मौसमविद् रिमालले भने ।

अहिले पोखरादेखि पूर्वजनकपुरसम्म मौसममा बदली भइरहेको र छिट्पुट वर्षा हुने रिमालको भनाइ छ । यो क्रम मंगलरबारसम्म रहने तर सोमबारको तुलनामा केही कम हुने रिमालले जानकारी दिए ।

महाशाखाका अनुसार सोमबार राति देशभरि आंशिकदेखि सामान्य बदली रहने पश्चिमका पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।