मापसेसँगै अब लापसे जाँच सुरु

शेयर गर्नुहोस
मापसेसँगै अब लापसे जाँच सुरु

३१ वैशाख, जनकपुरधाम ।  प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे  अर्थात् लागुपदार्थ सेवन जाँच ।

प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको  प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पालले बताएका छन ।

पालका अनुसार बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे-नगरेको जाँच गरिएको छ ।
बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको उपरीक्षक पालले बताए ।