लोकप्रीय बन्दै प्रलाद शाहको ‘ परानै दिन्छु ‘ ( भिडियो )

शेयर गर्नुहोस
लोकप्रीय बन्दै प्रलाद शाहको ‘ परानै दिन्छु ‘ ( भिडियो )

३१ वैशाख, काठमाडौं । एउटा गीत राम्रो , सदाबहार वा हिट हुन संगीत , गायकी भन्दा सबैभन्दा बढी भुमिका शब्दको नै हुन्छ भन्ने कुरामा कसैको दुईमत नहोला।

यसअघि ‘ मंगली ‘ ‘ मेरी आमा’ बोलको गीत लेखेका गीतकार प्रलाद शाहको नयाँ गीत ‘ परानै दिन्छु ‘लाई दर्शक सोर्ताको राम्रो रेस्पोन्स प्राप्त भएको छ।

दश लाख बढी सोर्ताले यस गीतको भिडियोलाई हेरिसकेका छन भने धेरैले गीत र भिडियोलाई राम्रो प्रतिक्रिया दिएका छन।

पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा संगीत हरि लम्सालको संगीत रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन। बजारमा डान्सिङ गुर्प र ग्लामरस फेसका कलाकार राखेर भिडियो निर्माणको ट्रेन्ड छ ।

अर्गानिक टेस्टको ‘ परानै दिन्छु ‘ बोलको गीत र भिडियोले सोर्ता दर्शकको मन जितेको छ। थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ।

यस गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।