विशेष अदालतमा हाजिर भए पूर्व आयुक्त पाठक

शेयर गर्नुहोस
विशेष अदालतमा हाजिर भए पूर्व आयुक्त पाठक

१ जेठ, काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् ।

पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।

भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।