उद्योगमन्त्रीको कार्यकक्षमा कर्मचारी सरुवाकाे बिषयमा हातपातको प्रयास

शेयर गर्नुहोस
उद्योगमन्त्रीको कार्यकक्षमा कर्मचारी सरुवाकाे बिषयमा हातपातको प्रयास

१ जेठ, काठमाडौं । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ ।

उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका छन् ।

कर्मचारी सरुवामा अनियमितता गरेको भन्दै बुधबार आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यमाथि मन्त्रालय भित्रै हातपात भएको छ । कर्मचारी सरुवा गर्दा पैसा खाएकाे भन्दै उनीमाथि हातपातकाे प्रयास भएको हो ।