सन्दीप बार्बेडर्स टाइटन्सबाट खेल्ने , ७० हजार डलर पाउने

शेयर गर्नुहोस
सन्दीप बार्बेडर्स टाइटन्सबाट खेल्ने , ७० हजार डलर पाउने

९ जेठ, काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइटन्सबाट खेल्ने भएका छन् । बुधबार भएको ड्राफ्टमा उनलाई क्लबले बोली लगाएको हो ।

गत सिजन उनले सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सबाट खेलेका थिए । ५ खेल खेलेका उनले ७ विकेट लिएका थिए । त्यसबेला उनको मूल्य मात्र ५ हजार डलर थियो ।

यो पटक उनको मूल्य पनि बढेको छ । उनले ७० हजार डलर अर्थात ७८ लाख रूपैयाँ पाउनेछन् ।