गोपाल श्रेष्ठ बने पहिलो एचआईभी संक्रमित सगरमाथा आरोही

शेयर गर्नुहोस
गोपाल श्रेष्ठ बने पहिलो एचआईभी संक्रमित सगरमाथा आरोही

९ जेठ, पोखरा । गोपाल श्रेष्ठले बुधबार ८ हजार ८ सय ४८ मिटरमा पाइला टेके । उनले विश्वको अग्लो शिखरमा दर्ज भएको चुचुरोमा पाइला राख्दा बिहानको ८ बजेर ३० मिनेट गएको थियो ।

श्रेष्ठले सगरमाथा चुचुरोमा टेकेको पाइला ऐतिहासिक मात्रै बनेन, धेरैका लागि उदाहरणीयसमेत बनेको छ । एचआइभी संक्रमित भएर जीवन बाँचिरहेकाहरुको एउटा प्रतिनिधि हुन्, श्रेष्ठ ।

सगरमाथाको सफल आरोहण गरेर उनी संक्रमित हुनु आशा र हिम्मत सकिनु होइन, जीवन सकिनु होइन भन्ने एउटा गतिलो उदाहरण बनेका हुन् । उनले ड्रिमर्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्वमा सफल सगरमाथा आरोहण गरेका हुन् ।