‘प्रचण्ड’ले दिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई

शेयर गर्नुहोस
‘प्रचण्ड’ले दिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई

९ जेठ, काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले जितेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

मतगणना जारी रहेकै बेला अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मोदीलाई बधाई दिएका हुन् ।

मतगणनामा नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । विपक्षी कांग्रेस नेतृत्वको यूपीए गठबन्धन र अन्य पार्टीको कमजोर प्रदर्शन रहेको छ ।

उनले मोदीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।’