मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ (भिडियाे)

शेयर गर्नुहोस
मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ (भिडियाे)

१० जेठ, एजेन्सी। भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना केन्द्रबाट  नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै  बाहिरिए । चुनावमा हारेर मात्र उनको आँसु चुहिएको भने हैन ।

उनले भने, ‘मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ । मेरो गल्लीमा बस्ने सबैजनाले मलाई भोट दिने वाचा गरेका थिए । मैले एक महिना पसलमा नबसेर मानिसहरूसँग भेटघाट गरें तर उनीहरूले भोट दिएनन् । मेरै परिवारका मानिसले पनि मलाई धोका दिए ।’

हारबाट निराश नीतूले अबदेखि कहिल्यै चुनाव नलड्ने बताएका छन् ।

नीतू मतगणना केन्द्रमै ग्वाँ ग्वाँ रुँदा मानिसहरूले उनका कुराको भिडियो रेकर्डिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरे । अन्तिम मतगणनामा नीतूले ८५६ भोट ल्याए ।

नीतूले यसअघि मोबाइल फोनलाई नक्कली बमसँग जोडेपछि प्रहरीले उनलाई पक्रेको थियो । त्यतिखेर सञ्चारमाध्यममा छाएपछि उनले चुनावमा उठ्ने निर्णय लिएका थिए ।