पब्जी क्रेजी, जसले विवाह मण्डपमा पनि पब्जी खेल्न छाडेनन्

शेयर गर्नुहोस
पब्जी क्रेजी, जसले विवाह मण्डपमा पनि पब्जी खेल्न छाडेनन्

१९ जेठ, एजेन्सी । अहिले कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएकाे छ ।

पब्जीमा युवाहरू कति क्रेजी हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ ।

फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ ।

बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीकाे वास्ता नै नगरि पब्जी खेल्नमा ब्यस्त छन् ।जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

त्यसो त, यही वर्ष दुबईमा एक महिलाले पब्जीमा ब्यस्त आफ्ना श्रीमानलाई गेम खेल्न रोक्न खोज्दा डिभोर्स नै पाएकी थिइन् । भारतमा भने गत महिना मात्रै १६ वर्षे किशोरले पब्जी खोल्न आमाले रोकेपछि आत्महत्या नै गरेको समाचार सार्वजनिक भएको थियो ।