रुसमा सेनाका लागि बम बनाउने कारखानामा विस्फोट, ७९ जना घाइते

शेयर गर्नुहोस
रुसमा सेनाका लागि बम बनाउने कारखानामा विस्फोट, ७९ जना घाइते

१९ जेठ, एजेन्सी । रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्। विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ।

उक्त कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको थियाे । विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ।

विस्फोटका बेला पाँचजना कारखानाभित्रै थिए, तर उनीहरूको सकुशल उद्धार गरिएको थियाे । घाइतेमध्ये अधिकांशलाई विस्फोटबाट फुटेका सिसाले चोट लागेको थियो।

जशिंस्क शहरका अधिकारीहरूले घटनास्थल वरपरका क्षेत्रमा आपत्‌काल घोषणा गरेका छन्।