भारतले पाउदै आएकाे सहुलियत अमेरिकाले बन्द गर्दै

शेयर गर्नुहोस
भारतले पाउदै आएकाे सहुलियत अमेरिकाले बन्द गर्दै

१९ जेठ, एजेन्सी ।  अमेरिकाले भारतलाई व्यापारमा दिँदै आएको ड्युटी फ्री सुविधा आउँदो बुधबारदेखि अन्त्य गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कुराको घोषणा गरेका हुन् ।

अमेरिकाको सो सुविधा अन्तर्गत भारतले आफ्ना सामान अमेरिका प्रवेश गराउँदा सहुलियत पाउँदै आएको थियो । गएको मार्च महिनामा नै अमेरिकी राष्ट्रपतिले भारतलाई दिँदै आएको सुविधा रोकिने बताएका थिए ।

तर, कहिलेबाट भन्नेबारेमा त्यतिबेला मिति तोकिएको थिएन । अमेरिकाले भारतका तर्फबाट आफूलाई त्यही अनुसारको सुविधा नदिइएको बताउँदै आएको छ । शुक्रबार ट्रम्पले भनेका थिए, ‘‘विकासोन्मुख देशका हिसाबले भारतलाई दिइएको यो सुविधा अन्त्य गर्नु उपयुक्त ठानेका छौं ।’’