फाइनल खेलमा माैदान छिरेकी मोडेलकाे बढ्याे इन्स्टामा ७ लाख फलाेअर

शेयर गर्नुहोस
फाइनल खेलमा माैदान छिरेकी मोडेलकाे बढ्याे इन्स्टामा ७ लाख फलाेअर

जसले युरोपियन च्याम्पियनसीपको लिभरपुल र टोटेनह्यामबीच भएको फाइनल खेलमा एक रसियन मोडेल मच्चाएकी छन् ।

टोटेह्याम र लिभरपुलबीच भइरहेको खेलको १८ औँ मिनेटतिर उनी मैदानमा पसेकी थिइन् । उनी मैदानमा पसेलगत्तै उनलाई त्यहाँबाट निकाल्न एम्पायर लागिपरेका थिए । उनी  रसियन चर्चित मोडल केन्सी वलान्स्की हुन् ।

अहिले उनी समाजिक सञ्जालमा भाइरल बनेकी छन् । इन्सटाग्राममा ३ लाख फ्लोअर भएकी उनलाई पछिल्लो केही समयमा नै १० लाखभन्दा बढीले फलाे गरिसकेका छन् । उनले उक्त फोटो आफ्नो इन्सटाग्राममा पनि राखेकी छन् ।

उनले इन्स्टाग्राममा एक फोटो र आफू छिरेको भिडियो राखेर लेखेकी छन्- मड्रिड स्पेन । उनले चर्चाका लागि यसरी फाइनल खेलको बिचमा गएर अवरोध गरेको जनाइए पनि खास कारण भने खुल्न सकेको छैन ।

यी महिलाले अहिले सामाजिक सञ्जालहरुमा निकै आलोचनात्मक र सकारात्मक टिप्प्णीसमेत पाइरहेकी छन् ।