जनमैत्री हस्पिटलबाट प्राधिकरणले उठायाे ५२ लाख रुपैयाँ बक्यौता

शेयर गर्नुहोस
जनमैत्री हस्पिटलबाट प्राधिकरणले उठायाे ५२ लाख रुपैयाँ बक्यौता

१९ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बालाजुमा रहेकाे जनमैत्री हस्पिटलको विद्युत् बक्यौता असुल गरेको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्रले हस्पिटलबाट ५२ लाख ५० हजार रुपैयाँ बक्यौता असुल गरेको हो ।

महसुल नतिरेपछि प्राधिकरणले हस्पिटलको विद्युत लाइन २०७३ को वैशाखमा काटेको थियो । प्राधिकरणले २०७३ को माघ ३० गतेदेखि हस्पिटललाई कालोसूचीमा राखेको थियो । त्यतिबेला हस्पिटलको विद्युत महसुल वक्यौता ८३ लाख ७८ हजार रुपैयाँ थियो । २५ प्रतिशत जरिवानासहित वक्यौता एक करोड ५ लाख रुपैयाँ पुगेको थियो ।

बालाजु वितरण केन्द्र प्रमुखका अनुसार, हस्पिटलले अहिले वक्यौता आधा तिरेको छ भने बाँकी रकम पाँच महिनाभित्रमा पाँच किस्तामा तिर्ने व्यवस्था मिलाइएको छ ।