दुबईमा पर्यटक बस दुर्घटना, १७ जनाको मृत्यु

शेयर गर्नुहोस
दुबईमा पर्यटक बस दुर्घटना, १७ जनाको मृत्यु

२४ जेठ ।  संयुक्त अरब इमिरेट्स ‘युएई’ को दुबईमा पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा थप पाँच जना घाइते भएका छन् । घाइतेहरुको राशिद अस्पतालमा उपचार भइरहेको छ ।

इदको बिदा मनाएर ओमान फर्किँदै गरेको ३१ जना पर्यटक सवार बस बिहीबार साँझ दुर्घटनामा परेको हो ।

घाइतेमा एक जना दुबईका नागरिक समेत छन् । दुर्घटनामा कुन देशका कति नागरिकको मृत्यु भयो भन्ने खुल्न बाँकी रहेको छ ।