अर्जुन पोखरेलको शब्द संगीत रहेको ‘ कस्ले भन्यो ‘ भिडियो सार्वजनिक ( भिडियो )

शेयर गर्नुहोस
अर्जुन पोखरेलको शब्द संगीत रहेको ‘ कस्ले भन्यो ‘ भिडियो सार्वजनिक ( भिडियो )

२४ जेठ, काठमाडौं । नव गायक वाङ छिरिङ भोटियाले आफ्नो पहिलो अफिसिएल म्युजिक भिडियो ‘ कस्ले भन्यो ‘ सार्वजनिक गरेका छ्न। गीत संगीतमा निकै रुचि राख्ने गायक भोटियाले यसअघि केही अडियो गीत सार्वजनिक गरिसकेका छन।

द डिभाइन म्युजिक को च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको भोटियाले बताएका  छन ।

‘ कस्ले भन्यो ‘ बोलको यस गीत शब्द , संगीत र एरेन्जमेन्ट अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ। गीत मा स्वर वाङ छिरिङ भोटियाको रहेको छ। गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन भने निशान घिमिरेले भिडियो सम्पादन गरेका हुन।

भिडियोमा जुन सुन्दास र अभिषेक श्रेष्ठको अभिनय रहेको छ । प्रथम क्षेत्रीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।