प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

शेयर गर्नुहोस
प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा कतारको दोहाबाट स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा छन् ।

प्रधानमन्त्री ओलीले सोमबार जेनेभामा आयोजना हुने आईएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ ।

स्वीट्जरल्यान्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्नुहुने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नेछन् ।