भारतीय क्रिकेटर युवराज सिंहले सन्यास लिन लागेकै हुन त ?

शेयर गर्नुहोस
भारतीय क्रिकेटर युवराज सिंहले सन्यास लिन लागेकै हुन त ?

२७ जेठ ।  भारतीय क्रिकेटर युवराज सिंहले सोमवार साउथ मुम्बई होटलमा सञ्चारकर्मीहरूलाई बोलाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले उनले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिन सक्ने जनाएका छन् ।

बीसीसीआईका एक अधिकारीका अनुसार युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेबारे सोचिरहेका छन् ।

सन् २०११ मा भारतलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

युवराजले यसैवर्ष आईपीएलमा मुम्बई इन्डियन्सबाट खेले । तर उनले खासै मौका पाएनन् । यसै कारण उनले आफ्नो भविष्यको योजनाबारे गम्भीरतापूर्वक लिएका हुन सक्छन् ।

सन् २००० मा डेब्यू गरेका युवराजले २०१७ को जुनदेखि एउटा पनि अन्तर्राष्ट्रिय म्याच खेलेका छैनन् ।

युवराजले ३०४ वान-डे, ४० टेस्ट र ५८ टी- ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।