लोकसेवाको विज्ञापन रद्ध गर्न निर्देशन

शेयर गर्नुहोस
लोकसेवाको विज्ञापन रद्ध गर्न निर्देशन

२७ जेठ, काठमाडौं ।  स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको  विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।

लोकसेवाको विज्ञापन संविधानको मूल मर्म विपरीत रहेको ठहर गर्दै समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग छलफल गरे लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

प्रदेश र स्थानीय तहको संगठन र व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दी संख्या यकिन भएपछि मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा कर्मचारी प्रक्रिया अगाडि बढाउन संघीय मामिला मन्त्रालयलाई समितिले समेत निर्देशन दिएको छ ।