पुल शिलान्यास गर्न पुगेका मन्त्री महासेठ चढेको गाडी खोलामा डुबेपछि

शेयर गर्नुहोस
पुल शिलान्यास गर्न पुगेका मन्त्री महासेठ चढेको गाडी खोलामा डुबेपछि

२७ जेठ, काठमाडौं । पुल शिलान्यास गर्न गएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ।

सोमबार अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्रीकै गाडी सोही खोलामा फसेको हो।

प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर हो।

गाडी आधासरो डुबेको थियो। गाडी डुबेपछि मन्त्री महासेठ ओर्लिएर अर्को गाडीमा सदरमुकामसम्म आएका थिए।

प्रहरी नायब उपरीक्षक नवीन भण्डारीका अनुसार मन्त्री महासेठ शिलान्यास गर्न जाँदा अर्कै बाटोबाट गएका थिए। फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको थियो।