प्रदर्शन गर्नेहरुमाथि सामान्य बल प्रयोग गरेको गृहमन्त्रीको स्पष्टीकरण

शेयर गर्नुहोस
प्रदर्शन गर्नेहरुमाथि सामान्य बल प्रयोग गरेको गृहमन्त्रीको स्पष्टीकरण

२७ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघरमा गुठी विधेयकविरुद्ध प्रदर्शन गर्नेहरुमाथि पानीको फोहरा हान्दासमेत भीड नियन्त्रणमा नआएपछि प्रहरीले गरेको बल प्रयोग गरेको स्पष्टीकरण दिएका छन् ।

सोमबार राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयका बोल्दै गृहमन्त्री थापाले प्रदर्शनकारीले सडकै सुतेर बाटो अवरोध गरेको र प्रहरीले पटक पटक माइकिङ गर्दा समेत अटेर गरेपछि सामान्य बल प्रयोग गरेको बताए । ‘कानून विपरीत सडक अवरोध गर्ने र प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्दा केही प्रहरी घाइते भए’, गृहमन्त्री थापाले अगाडि भने, ‘त्यसपछि सवारी साधानको घर र सर्वसाधारणको ज्यानको क्षती हुन नदिन प्रहरीले पानीको फोहोरा प्रहार गर्दा समेत भिड नियन्त्रमा नआएकोले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो । सोधपुछ गरेर छाडिएको छ ।’