विश्वकप क्रिकेट- आज श्रीलंका र बंगलादेश भिड्दै

शेयर गर्नुहोस
विश्वकप क्रिकेट- आज श्रीलंका र बंगलादेश भिड्दै

२८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र बंगलादेशबीचको खेल सुरु हुनेछ । दवै टिमले समान तीन–तीन खेल खेलेका छन् । श्रीलंकाले खेलेको तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ । यता, बंगलादेशले यसअघि खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

दुवै टिम जारी विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछन् । कुनै एक समय यस्तो थियो, श्रीलंकालाई पराजित गर्नु सबै टिमको लागि कठिन थियो । जब, कुमार सांगाकारा, मेहला जयवर्दनेलगायत खेलाडीले सन्यास लिए, श्रीलंकाली टिम खस्किँदै गयो ।

अहिले विश्वकपमा कमजोर मानिएको बंगलादेशसँग पनि श्रीलंका डराउनु पर्ने अवस्था आएको छ । यता, बंगलादेशले भने जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले सनसनीपूर्ण जित निकाल्दै राम्रो सुरुवात गरेको थियो ।