नौ दिनपछि भेटियो १३ जना सवार भारतीय सेनाको जहाज

शेयर गर्नुहोस
नौ दिनपछि भेटियो १३ जना सवार भारतीय सेनाको जहाज

२८ जेठ, बीबीसी ।  भारतीय वायुसेनाको एएन–३२ जहाजको भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको छ ।

गएको आठ दिनदेखि उक्त जहाज हराइरहेको थियो ।

जहाजमा १३ जना सवार थिए । भारतीय वायुसेनाले ट्विट गरेर जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

असमको जोरहाटबाट उडान भरेको केही समयपछि उक्त मालवाहक जहाज विमानस्थलसँगको सम्पर्कबाट विच्छेद भएको थियो ।